टाइगर कप भलिबल : समान दुई खेल जित्दै पर्वत र डायमण्ड शीर्षमा

हिमाल प्रेस ११ माघ २०८२ २०:४५ | Sunday, January 25, 2026
2
SHARE
टाइगर कप भलिबल : समान दुई खेल जित्दै पर्वत र डायमण्ड शीर्षमा

पोखरा– छैटौं टाइगर कप भलिबल प्रतियोगितामा पर्वत जिल्ला भलिबल संघले दोस्रो जित दर्ता गरेको छ। पुरुषतर्फ दुई खेल दर्ता गरी सक्नेमा पर्वत पहिलो टिम हो।

विभागीय आर्मी, एपीएफ, पुलिस तथा गण्डकी प्रदेश भलिबल संघले एकएक जित हात पारेका छन्। पाहुना टोली माल्दिभ्स भलिबल एसोसिएन अंकविहीन छ। तीन दिनदेखि पोखरा रंगशालामा जारी प्रतियोगितामा पुरुषतर्फ ६ टिमले भाग लिएका हुन्।

आइतबार पुरुषतर्फ दोस्रो खेलमा नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि, दोस्रो दिन पर्वत जिल्ला भलिबल संघसँग २–३ सेटले पराजित भएको थियो।

पुलिसले आर्मीलाई ३–१ सेटमा जित दर्ता गर्न सफल भयो। पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेन। चौथो सेटमा पुलिसले २५–१५ ले पराजित ग¥यो।

आइतबार नै पर्वतले विभागीय एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। उसले २५–१८, २१–२५, २५–१९ र २५–१५ सेटमा जित्न सफल भएको हो। सोमबार पुरुषतर्फ एपीएफ र माल्दिभ्स तथा गण्डकी प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

यसैगरी, पाँच टिमले भाग लिएको महिलातर्फ आइतबार न्यू डायमण्ड स्पोर्टस क्लब र थाइल्याण्ड क्विन्स विजयी भए। डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

डायमण्डको यो दोस्रो जित हो। उद्घाटनमा आर्मीलाई सोझो सेटमै हराएको थियो। हालसम्म डायमण्ड दुई जितसहित शीर्षमा रहँदा पुलिस, एपीएफ र थाइल्याण्डको समान एक जित छ।

आइतबार महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ। पुलिससँगको प्रतिस्पर्धामा पहिलो २ सेट गुमाएको थाइल्याण्डले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै पहिलो जित दर्ता गर्न सफल भयो। पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो। थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकालेको हो।

यसअघि, एपीएफसँग पाँचौं सेटमा थाइल्याण्ड पराजित भएको थियो। पुलिसले पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो। सोमबार महिलातर्फ एकमात्र खेल एपीएफ र आर्मीबीच हुनेछ।

प्रकाशित: ११ माघ २०८२ २०:४५ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast