टाइगर कप भलिबल : गण्डकीको रोमाञ्चक जित

हिमाल प्रेस १२ माघ २०८२ १९:४२ | Monday, January 26, 2026
12
SHARES
टाइगर कप भलिबल : गण्डकीको रोमाञ्चक जित

पोखरा– घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा रोमाञ्चक नतिजा हात पारेको छ।

सोमबार पोखरा रंगशालामा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धामा उत्रिएको गण्डकीले ३–१ को नतिजा हात पारेको हो। निकै प्रतिष्पर्धात्मक खेलमा गण्डकीले ३३–३१, १५–२५, ३३–३१ र २५–१९ सेटमा पराजित गरेको हो।

दोस्रो सेट गुमाएको गण्डकीले पहिलो र तेस्रो सेट समान ३३–३१ सेट निकालेको हो। चौथो तथा अन्तिम सेटमा गण्डकीले अन्ततः २५–१९ सेटमा पराजित गर्दा प्यारापिटमा भरिएका घरेलु दर्शकलाई उत्साहित बनाएको थियो।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसिएसनलाई हराएको थियो।

यसैबीच, सोमबार नै महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकालेको छ। पुरुषतर्फ पाहुना टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। जसमा एपीएफले २५–२०, २५–१८ र २५–२० सेटमा नतिजा आफ्नो पक्षमा पारेको हो।

यसैगरी, महिलातर्फ आर्मीलाई २५–११, २५–१८ र २५–१९ को सोझो सेटमै हराउँदो दोस्रो जित दर्ता गरेको छ।

मंगलबार चार खेल हुनेछन्। पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्सबीच हुनेछ। महिलातर्फ नै दोस्रो न्यू डायमण्ड स्पोर्टस क्लब र पुलिसबीच हुनेछ। पुरुषतर्फको पहिलो खेल पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स तथा दोस्रो खेल गण्डकी र पुलिसबीच हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ।

प्रकाशित: १२ माघ २०८२ १९:४२ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast