यी हुन् नेकपा गण्डकीका १८ क्षेत्रका उम्मेदवार

हिमाल प्रेस ५ माघ २०८२ १०:५० | Monday, January 19, 2026
10
SHARES
यी हुन् नेकपा गण्डकीका १८ क्षेत्रका उम्मेदवार

पोखरा- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले आफ्ना उम्मेदवारलाई काठमाडौँ बोलाएर टिकट थमाएको हो।

नेकपासँगै प्रमुख दल नेकपा एमालेले २ दिनअघि नै आफ्ना उम्मेदवार टुंगो लगाएकामा नेपाली कांग्रेसबाट उम्मेदवार टुंगिन बाँकी छ। रास्वपाले केही क्षेत्रको टुंगो लगाए पनि अधिकांशमा बाँकी नै छ।

नेकपाले गोरखा क्षेत्र नम्बर १ मा हरिराज अधिकारी (कुमार) लाई पठाएको छ। यसैगरी, गोरखा २ बाट लेखनाथ न्यौपानेले टिकट पाएका छन्।

तनहुँ-१ मा विद्यानाथ ढकाल र २ बाट सोमबहादुर थापा तथा लमजुङमा हरिजङ तामाङले टिकट पाए। लमजुङबाटै चुनाव लडिरहेका देव गुरुङ यसपालि मनाङ गएका छन्।

उनी विगतमा कास्की १ बाट पनि चुनाव लडेका थिए। कास्की-१ बाट राजकाजी गुरुङ (करण), २ बाट हेमबहादुर थापा (किरण) र ३ बाट प्रेम पौडेलको नाम आएको छ।

कास्कीको सल्यानका प्रेमको भने नाम टुंगिन बाँकी रहेको बताइएको छ। पर्वतबाट पूर्व पत्रकारसमेत रहेका मनहरि तिमिल्सिना उम्मेदवार बनेका छन्। उनी विगतमा प्रचण्डको सचिवालयमा बसेर काम गरेका थिए।

स्याङ्जा-१ बाट शैलेन्द्र घिमिरेले टिकट पाउँदा २ बाट पदम विक छन्। नवलपुर १ मा लोकप्रसाद भूर्तेल र क्षेत्र २ बाट गणेशमान महतो उम्मेदवार बनेका छन्।

बागलुङ-१ बाट कृष्ण केसी र २ बाट ज्ञामनाथ गैह्रे उम्मेदवार बनेका छन्। मुस्ताङमा ङुटुक गुरुङ, म्याग्दीबाट अर्जुन थापा उम्मेदवार बनेका छन्।

२०७९ सालको चुनावमा नेकपा आबद्ध प्रमुख दल नेकपा माओवादीले गोरखा-१ र बागलुङ-२ मा मात्र चुना जितेको थियो।

प्रकाशित: ५ माघ २०८२ १०:५० | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast