खरानी टक्टकाएर न्यायालय उठेको छ : प्रधानन्यायाधीश

हिमाल प्रेस ९ माघ २०८२ १७:१० | Friday, January 23, 2026
26
SHARES
खरानी टक्टकाएर न्यायालय उठेको छ : प्रधानन्यायाधीश

गलकोट (बागलुङ)- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताएका छन्।

उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवनको आज (शुक्रबार) उद्घाटनपछि बोल्दै उनले न्यायालय ध्वस्त पार्ने काम हिंसात्मक रहेको भन्दै खरानी टक्टकाएर न्यायालय उठेको बताएका हुन्।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा जलेका २० हजार मिसिलमध्ये १४ हजारभन्दा बढी मिसिल तयार भइसकेको बताए। उनले ती मिसिल विद्वान वकिल, बार इकाई र सरकारी वकिलको कार्यालयबाट प्राप्त भइसकेकाले न्यायालय पुनः उठेको बताए।

नागरिकले न्यायालयप्रति विश्वास बढाउने काम सेवा प्रवाहबाट मात्रै देखिने भन्दै प्रधानन्यायाधीश राउतले  भवन मात्र सुविधासम्पन्न नभई सेवा प्रवाहमा सन्तुष्टि दिन आवश्यक रहेकामा जोड दिए।

प्रकाशित: ९ माघ २०८२ १७:१० | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast