राजनीतिमा आउने सोच पहिलेकै हो, दर्शकका लागि अचानक भयो : प्रकाश सपूत

हिमाल प्रेस २३ पुष २०८२ १७:२०
14
SHARES
राजनीतिमा आउने सोच पहिलेकै हो, दर्शकका लागि अचानक भयो : प्रकाश सपूत

काठमाडौँ- गायक प्रकाश सपूत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक बन्द सूचीमा परेका छन्। संगीत क्षेत्रबाट आम दर्शकमाझ पहिचान बनाएका प्रकाश राजनीतिमा आएपछि उनका समर्थकहरूलाई भने ‘सरप्राइज’ जस्तै भयो।

तर प्रकाशले भने आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए। ‘मिरमिरे’ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफ्नो संगीतमै राजनीति र सामाजिक विषय जोडिँदै आएको स्पष्ट पारेका हुन्।

‘हाम्रो नेपालमा जुन राजनीतिक परिवर्तन छ, आसन्न निर्वाचन हुँदैछ, यो सबै अचानक भइरहेको छ। यस्तै मेरो राजनीतिक यात्रा एउटा अचानकजस्तो भयो, दर्शकका लागि पनि,’ उनले भने, ‘तर मानसिकरूपमा पहिलेदेखि तयार थिएँ। मेरो सिर्जना र सांगीतिक यात्रासँगै म जुन ठाउँ, भूगोल र समुदायबाट आएँ, त्यो सबै कुरालाई हेर्नुभयो भने तपाईंहरूले बुझ्नुहुनेछ, कहीँकतै त्यो राजनीतिक सामाजिक विषयहरूसँग नै जोडिँदै आएको छ।’

उनले नीति निर्माण तहमा पुगेर काम गर्ने रूचि पहिल्यैबाट भएको बताए।

प्रकाशित: २३ पुष २०८२ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast