अस्ट्रेलियादेखि मध्यपूर्वका देशसम्म प्रदर्शन हुँदै फिल्म ‘कुमारी’

हिमाल प्रेस १२ माघ २०८२ १५:२९ | Monday, January 26, 2026
16
SHARES
अस्ट्रेलियादेखि मध्यपूर्वका देशसम्म प्रदर्शन हुँदै फिल्म ‘कुमारी’

काठमाडौँ- यही माघ २३ देखि प्रदर्शन हुने फिल्मको विभिन्न देशमा प्रदर्शन अधिकार बिक्री भएको छ।

अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए।

अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले फिल्म प्रदर्शन गर्नेछन्।

प्रेम कथामा आधारित फिल्मको ट्रेलर दर्शकले रुचाएका छन्। शनिबार सार्वजनिक भएको ट्रेलरलाई करिब ८ लाख भ्युज बटुलिसकेको छ।

दिनेश राउत निर्देशित फिल्ममा अभिशेक खड्का र आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको अभिनय छ।

बिनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। फिल्म सुसन प्रजापतिको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, रोयल भीमसेनको पोस्टर तथा पब्लिसिटी डिजाइनमा बनेको छ।

प्रकाशित: १२ माघ २०८२ १५:२९ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast