शेखरको सचिवालयले भन्यो – गगनसँग मिलेर जाने भन्ने कुरामा सत्यता छैन

हिमाल प्रेस ५ माघ २०८२ १५:०९ | Monday, January 19, 2026
38
SHARES
शेखरको सचिवालयले भन्यो – गगनसँग मिलेर जाने भन्ने कुरामा सत्यता छैन

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको सचिवालयले पार्टी सभापति गगन थापासँग मिलेर जाने भन्ने कुरामा सत्यता नरहेको बताएको छ।

सभापति थापासँग मिलेर जाने सहमति भएको भन्दै चर्चा चलेपछि कोइरालाको सचिवालयले यस्तो बताएको हो।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि नेता कोइरालासँग सम्पर्क नगरेको समेत सचिवालयले जनाएको छ।

‘जहाँसम्म डा.शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन,’ डा.कोइरालाको सचिवालयले भनेको छ,‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै माध्यमबाट डा.शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नु भएको छैन।’

फागुन २१ का लागि पार्टीका तर्फबाट बाँडिने टिकको मापदण्डबारे समेत उनलाई जानकारी नरहेको सचिवालयको भनाइ छ।

‘देशभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर, कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन,’ सचिवालयले भनेको छ।

प्रकाशित: ५ माघ २०८२ १५:०९ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast