संविधानको ‌‌‌‌‌‌‌‌‌‌‌औचित्य सकिएको राप्रपा महामन्त्रीको निष्कर्ष, नवीन सम्झौता अघि चुनावमा सहभागी नहुने प्रस्ताव

हिमाल प्रेस २९ पुष २०८२ ११:०३ | Tuesday, January 13, 2026
46
SHARES
संविधानको ‌‌‌‌‌‌‌‌‌‌‌औचित्य सकिएको राप्रपा महामन्त्रीको निष्कर्ष, नवीन सम्झौता अघि चुनावमा सहभागी नहुने प्रस्ताव

काठमाडौँ- राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले वर्तमान परिस्थितिलाई नियाल्दै संविधानको औचित्य सकिएको बताएका छन्। उनले जेनजी बिद्रोहपछि देशको प्रणाली फेल खाएको अवस्थामा चुनाव मात्र भएर निकास ननिस्कने बताएका हुन्र

उनले जेनजी विद्रोह आकस्मिक नभइ राजनीतिक, संवैधानिक र संस्थागत संकटलाइ चरम बिन्दुमा पुर्‍याएका कारण भएको बताएका छन्। गुरुङका अनुसार अन्योलग्रस्त राजनीतिलाई परास्थ गर्न छ बुँदे प्रस्ताव अघि सारेको छ।

उनले संविधान असफल भएको तथ्यलाइ निर्भीकतापूर्वक जनताका बीचमा पुराउने, भ्रम, डर र दबाबबीच आफ्नो मार्गचित्रमा इमानदार हुने, राष्ट्रिय संवादको वातावरण निर्माण गर्ने, नवीन समझदारीको प्रस्तावलाइ मुर्त रुप दिन सडकमा शान्तिपुर्ण आन्दोलनका कार्यक्रमलाई अघि बढाउने, २, ४ थान माननीय र मन्त्रीको लागि सत्ता प्राप्ति होइन प्रणाली परिवर्तन गर्ने उदेश्य राख्ने प्रस्ताव अघि सारेको छ।

गुरुङका अनुसार दिगो विकास अनि स्थायित्वका लागि संघर्षका कार्यक्रमालाइ निरन्तरता दिने र आगामी निर्वाचनमा सहभागी नहुने विकल्पलाई खुला राख्ने प्रस्ताव अघि सारेको छ। ‘अब राप्रपाले स्पष्ट रुपमा भन्नै पर्छ यदि संविधान पुनर्लेखनको बाटो खुल्दैन भने, यदि नवीन समझदारीको प्रस्तावलाइ अस्वीकार गरिन्छ भने, यदि उही असफल प्रणालीलाइ वैधता दिन मात्र चुनाव गरिन्छ भने राप्रपाले निर्वाचनमा सहभागी नहुने निर्णय लिनुपर्दछ।’ गुरुङ थप्छन्,’यो निर्णय पलायन होइन, कमजोरी पनि होइन अनि जिम्मेवारीबाट भाग्नु पनि होइन यो नैतिक र राजनीतिक दबाबको सशक्त रणनीति हो।

कहिलेकाहीँ निर्वाचनमा भाग लिनु भन्दा अस्वीकार गर्दा राष्ट्रका लागि ठूलो राजनीति सन्देश हुन्छ।’ उनले राष्ट्र बचाउन राजा, दल र जेनजी पुस्ता बीचको सहमति नै आजको आवश्यक्ता रहेको गुरुङको आग्रह छ। ‘२०८४ को निर्वाचन २०८२ मा र केपी ओलीको स्थानमा शुशीला कार्कीलाइ प्रधानमन्त्री बनाउन मात्र भाद्र २३ र २४ को विद्रोह भएको होइन भन्ने बोध गर्न जरूरी छ।’ उनले भने।

प्रकाशित: २९ पुष २०८२ ११:०३ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast