अस्ट्रेलियामा हुने ‘गलबन्दी नाइट’ सो मा समीक्षा, आमेश र सुवासले प्रस्तुति दिने

हिमाल प्रेस २३ पुष २०८२ १३:०५
22
SHARES
अस्ट्रेलियामा हुने ‘गलबन्दी नाइट’ सो मा समीक्षा, आमेश र सुवासले प्रस्तुति दिने

काठमाडौँ- अस्ट्रेलियामा यही जनवरी २३ तारिखमा सांगीतिक कार्यक्रम ‘गलबन्दी नाइट’ सुरु हुने भएको छ।

कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारी, आमेश भण्डारी र गायक तथा संगीतकार सुवास खत्रीको विशेष प्रस्तुति रहनेछ। त्यसका लागि समीक्षा अधिकारी, सुवास खत्री लगायत टिम अस्ट्रेलिया जाने तयारीमा छन्।

अभिनेता समेत रहेको भण्डारी भने उतै रहेका छन्। सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत ‘शिरमा शिरबन्दी’ बोलको गीतबाट चर्चामा छन।

कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रा.लि र पाल्पा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन,परामाटा रोड, अर्बनमा हुनेछ। कार्यक्रम साँझ ६ बजेपछि सुरु हुनेछ।

नेपाली मौलिक गीत-संगीत र सांस्कृतिक मनोरञ्जनलाई प्रवद्र्धनन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन दर्शकलाई ३० अमेरिकी डलर टिकट दर तोकिएको छ।

प्रकाशित: २३ पुष २०८२ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast