भरतपुरको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा रेनु दाहाल

हिमाल प्रेस ६ माघ २०८२ १२:४८
12
SHARES
भरतपुरको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा रेनु दाहाल फाइल तस्बिर

काठमाडौँ- भरतपुर नगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्। उनले प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाट उम्मेदवार बन्न राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेकी छन्।

‘नेपालको संविधान २०७२ को धारा २१६ को उपधारा ८ (ख) र निर्वाचन आचारसंहिता २०८२ को दफा ३८ समेतका आधारमा मैले भरतपुर महानगरपालिकाको नगर प्रमुख पद बाट यो राजीनामा गरेको छु’, उनले राजीनामापत्रमा लेखेकी छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री रेनु पहिलोपटक २०७४ मा भरतपुरको मेयर निर्वाचित भएकी थिइन्। २०७९ सालको चुनावमा दाहाल दोस्रोपटक निर्वाचित भएकी थिइन्।

प्रकाशित: ६ माघ २०८२ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast