काठमाडौँमा २-३ बजेपछि वर्षा हुने

हिमाल प्रेस १४ माघ २०८२ ७:१९
18
SHARES
काठमाडौँमा २-३ बजेपछि वर्षा हुने पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- देशका केही स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षा भइरहेको हो । काठमाडौंमा दिउँसो २-३ बजेपछि हल्का वर्षाको सम्भावना रहेको छ । राति १-२ बजेसम्म काठमाडौं छिटपुट वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । आज राति १-२ बजेसम्म वर्षा गराउने प्रणाली सक्रिय रहनेछ । त्यसपछि क्रमशः कमजोर हुँदै जाने र भोलि (बिहीबार) देशका अधिकांश भूभागम मौसम सफा रहने विभागको पूर्वानुमान छ ।

प्रकाशित: १४ माघ २०८२ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast