रवीन्द्र मिश्र। फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको छ ।
उनलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने प्रारम्भिक निर्णय गरिएको राप्रपा नेता रञ्जन कार्कीले बताए।
उनी यसअघि २ पटक सोही क्षेत्रबाट चुनाव लडेका छन्। तर दुवै पटक कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भए। तेस्रो पटकमा भने जित्ने दाबी गर्दै यसअघिबाटै मिश्रले घरदैलो कार्यक्रम सुरु गरेका छन्।
प्रकाशित: ३ माघ २०८२ ६:५१
प्रतिक्रिया



