पूर्णबहादुर खड्काले निर्वाचन आयोगलाई गराए गगन, विश्वप्रकाश र फरमुल्लाहलाई कारबाही गरेको जानकारी

हिमाल प्रेस २ माघ २०८२ ११:०८
20
SHARES
पूर्णबहादुर खड्काले निर्वाचन आयोगलाई गराए गगन, विश्वप्रकाश र फरमुल्लाहलाई कारबाही गरेको जानकारी

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आज निर्वाचन आयोग पुगेको छ। कार्यवाहक सभापति खड्कासहितका नेताहरूले आयोगका पदाधिकारीसँग पार्टीको आन्तरिक विवाद र विशेष महाधिवेशनबारे छलफल गरेका छन्।

खड्काले हालै भएको विशेष महाधिवेशन विधानअनुरूप नभएको दाबी गर्दै गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको र त्यसको जानकारी आयोगलाई गराए।

उनले यसअघि तत्कालीन महामन्त्री थापाको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति रहेको भए पनि उक्त समितिले केन्द्रीय समिति र सभापतिलाई सदस्यता सूची नबुझाएको कारण नियमित महाधिवेशन सम्पन्न हुन नसकेको र त्यसलाई वैशाखमा सार्नुपर्ने भएको पनि जानकारी गराए।

खड्काले केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको र विधानमा केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको बताए। उनले आफूहरू १४ औँ महाधिवेशनबाट निर्वाचित तथा आधिकारिक पार्टी रहेको दाबी पनि गरे।

निर्वाचन आयोगमा कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast