प्रलोपाद्वारा निर्वाचन प्रतिबद्धता पत्र लेखन समिति गठन, डा.जनक शाह संयोजक

हिमाल प्रेस २९ पुष २०८२ ११:४८ | Tuesday, January 13, 2026
270
SHARES
प्रलोपाद्वारा निर्वाचन प्रतिबद्धता पत्र लेखन समिति गठन, डा.जनक शाह संयोजक

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र (घोषणापत्र) तयार गर्न डा.जनक शाहको संयोजकत्वमा लेखन समिति गठन गरेको छ।

समितिलाई पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मेण्टरिङ गर्ने जनाइएको छ। लेखन समितिका सदस्यहरूमा डा.सुरेन्द्र, प्रकाश विकल्प, रुक्साना कपाली लगायतका नेताहरू रहेका छन्।

समितिले आम जनसमुदाय, बुद्धिजीवी, सरोकारवाला निकाय तथा नागरिक समाजलाई घोषणापत्र निर्माणका लागि सुझाव र विचार प्रस्तुत गर्न आह्वान गरेको छ।

पार्टीले जनजीविकासँग जोडिएका मुद्दा, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी विकासलाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र तयार गर्ने जनाएको छ।

यसैबीच, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लागि प्रलोपाले कैलाली क्षेत्र नम्बर १ बाट पूर्व राष्ट्रिय योजना आयोग सदस्य डा.जनक शाहलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

पार्टीका अनुसार डा.शाहको अनुभव, नीतिगत ज्ञान र विकास योजनामा रहेको योगदानलाई मध्यनजर गर्दै उम्मेदवार सिफारिस गरिएको हो। पार्टीले साे क्षेत्रमा विकास, सुशासन र सामाजिक न्यायको एजेन्डालाई प्राथमिकतामा राखेर निर्वाचनमा जाने तयारी गरेको जनाएको छ।

प्रकाशित: २९ पुष २०८२ ११:४८ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast