ममाथि गरिएको अत्याचारको हिसाब जनताले घण्टी बजाएर दिनेछन् : रवि

हिमाल प्रेस ६ माघ २०८२ १७:०३ | Tuesday, January 20, 2026
8
SHARES
ममाथि गरिएको अत्याचारको हिसाब जनताले घण्टी बजाएर दिनेछन् : रवि

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि भएको अत्याचारको हिसाबकिताब जनताले फागुन २१ गते घण्टी बजाएर दिने बताएका छन्। पर्सा जिल्ला अदालतमा आज (मंगलबार) बयान दिएपछि उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन्।

‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन,’ उनले लेखेका छन्, ‘किनकी आजै देशका तीनवटा ९पर्सा, काठमाण्डौ र रूपन्देही० अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ। चितवन(२ मा मेरा शुभचिन्तक बाटो कुरिरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफैँ उपस्थित हुने प्रयासमा छु।’

यदि पुग्न नसकेको खण्डमा वारेसमार्फत मनोनयन दर्ता हुने बताएका छन्। ‘सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दैमुद्दा लगाउने अत्याचारी हौ तिमीहरू,’ उनले लेखेका छन्, ‘मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुन लगाएका छौँ। म तिमीहरू सबैको गुन तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु म अभिमन्यु होइन।’

पर्सा अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको छ।

प्रकाशित: ६ माघ २०८२ १७:०३ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast