जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी गरिएको घर निरीक्षण गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज बिहान १० : २५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ।
पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन्।
आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए। अध्यक्ष ओलीले जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमक स्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।
प्रकाशित: ५ माघ २०८२ ७:३०
प्रतिक्रिया



