फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई बयान दिएका छन्।
भदौ २३ र २४ गतेको घटनामा छानबिन गर्न गठन भएको जाँचबुझ आयोगलाई तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार बयान दिएका हुन्।
बयानका लागि उपस्थित हुन पत्र बुझाउन गएको आयोगको टोलीलाई ओलीले लिखित बयान दिएका हुन्।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले ओलीको स्टेटमेन्ट आएको बताए। उनले अब स्थानहदबारे निर्णय हुने जानकारी दिए।
पत्र बुझाउन गएका आयोगको टोलीलाई एमाले अध्यक्ष ओलीले लिखित भनाइ बुझाएको उनले बताए।
एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले आइतबार नै बयान लिएको थियो।
यसअघि ओलीले जाँचबुझ आयोगलाई बयान नदिने अडान राखेका थिए। बयान दिन सिंहदरबार नजाने र आयोगको टोली आए चिया खुवाएर पठाइदिने उनले बताएका थिए।



