राष्ट्रियसभा सदस्यमा सुनिल थापा निर्वाचित भएको औपचारिक घोषणा

हिमाल प्रेस २७ पुष २०८२ १७:०१ | Sunday, January 11, 2026
24
SHARES
राष्ट्रियसभा सदस्यमा सुनिल थापा निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौँ- निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएको औपचारिकरूपमा घोषणा गरेको छ।

माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी तीन सदस्यका लागि निर्वाचन हुन लागेको भए पनि अन्यतर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो।

अब अन्य दुई सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भीष्मराज प्रर्साईले तोकिएको समयमा अन्य तर्फएक जनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुई–दुई जनाको उम्मेदवारी परेको जानकारी दिए।

महिलातर्फ एमालेबाट रोशनी मेचे र नेपाली कम्युनिष्ट पार्टीका नमिता न्यौपाने, दलिततर्फ एमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीका खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ।

कोशी प्रदेशमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७३ गरी ३६६ जना मतदाता छन्। एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २७ पुष २०८२ १७:०१ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast