कांग्रेसमा उम्मेदवारको मनोनयन दर्ता साढे सात बजेसम्म

हिमाल प्रेस २९ पुष २०८२ १७:१० | Tuesday, January 13, 2026
24
SHARES
कांग्रेसमा उम्मेदवारको मनोनयन दर्ता साढे सात बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा सहभागी प्रतिनिधिहरू।

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताका लागि समय थप गरिएको छ। यसअघि उम्मेदवारको मनोनयनपत्र दर्ता ३ बजेसम्म तोकिएको थियो। पूर्वप्रकाशित कार्यतालिकामा मनोनयनपत्र दर्ताका लागि समय थप गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।

नेताहरू वार्तामा व्यस्त रहेकाले निर्वाचन प्रक्रिया संशोधन गरिएको हो।  विवाद निरुपणका लागि कांग्रेसको त्रिपक्षीय वार्ता जारी रहेको नेताहरूले बताएका छन्। वार्तामा विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका तर्फबाट नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य छन्। यसैगरी सभापति शेरबहादुर देउवाका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण छन्।

वार्तामा नेता डा‍‍. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सक्रिय छन्। दुई पक्षबीच वार्ता जारी रहेकै बेला विशेष महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।

वार्ता र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढाउने विषयमा सोधिएको प्रश्नमा विशेष महाधिवेशन पक्षधरका नेता प्रदीप पौडेलले निर्वाचन समिति बनेपछि निर्वाचन प्रक्रिया अघि बढ्नु स्वाभाविक रहेको बताए।

प्रकाशित: २९ पुष २०८२ १७:१० | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast