एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : विष्णु पौडेल

हिमाल प्रेस ५ माघ २०८२ २०:०५
12
SHARES
एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : विष्णु पौडेल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा पार्टीलाई जनमत र सिट संख्याका हिसाबले पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

रुपन्देही क्षेत्र नं. २ बाट मनोनयन गर्न रुपन्देही पुगेका उपाध्यक्ष पौडेलले बुटवलमा स्थानीय नेता तथा कार्यकर्तामाझ देशको विकास गर्ने एकमात्र पार्टी एमाले भएकाले जनमत र सिट संख्याका हिसाबले पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।

एमाले सधैँ जनताको पक्षमा रहेको र जनताका काम गरिरहेकाले मतदाताहरूले एमालेलाई निर्धक्क मतदान गर्ने उनको भनाइ छ। साथै उनले रुपन्देहीका पाँच मध्ये ४ वटा निर्वाचन क्षेत्रमा सानदार विजयी हुने बताए।

त्यस्तै उम्मेदवार निर्धारण गर्ने क्रममा आफ्नो बारेमा केही तलमाथि भए पनि अब कहिल्यै पनि आफू रुपन्देही छाडेर अन्यत्र नजाने बताए।

प्रकाशित: ५ माघ २०८२ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast