कांग्रेसमा जुटेन सहमति, विशेष महाधिवेशन रोक्ने प्रस्ताव गगनले गरे अस्वीकार

हिमाल प्रेस २४ पुष २०८२ १९:५७
72
SHARES
कांग्रेसमा जुटेन सहमति, विशेष महाधिवेशन रोक्ने प्रस्ताव गगनले गरे अस्वीकार

काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी विवाद समाधान गर्ने विषयमा समझदारी जुट्न सकेको छैन। विवाद समाधान गर्ने उद्देश्यले बिहीबार साँझ बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समझदारी जुट्न नसकेको हो।

विशेष महाधिवेशन पक्षधर महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपछि सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर, महामन्त्री थापाले भने खड्काको आग्रहलाई अस्वीकार गरेका हुन्।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने एजेन्डा प्रस्तुत गरेका थियो। यो प्रस्तावमा अधिकांश सदस्यहरूले सहमति जनाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

महामन्त्री थापाले भने तोकिएको मितिमा जसरी पनि विशेष महाधिवेशन हुने बैठकमा जानकारी गराएका थिए। उनले प्रक्रियामा छिर्न नचाहनु पार्टीलाई घातक हुने जिकिर गरेका थिए।

थापाले विशेष महाधिवेशन हुने र त्यसमा सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी बन्नुपर्ने बताए।

उनले बैठकमा कार्यवाहक सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको प्रस्ताव ल्याएको बताए। महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक नभएको भनेर कार्यवाहक सभापतिले भनेको उनले बताए।

‘पार्टी विधानअनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भइसकेकोले विशेष महाधिवेशन आवश्यक छैन भनेर कार्यवाहक सभापतिले भन्नुभयो,’ थापाले सञ्चारकर्मीहरूसँग भने,‘यो विधान सम्मत छैन, ठाडै विधानको अपव्याख्या हो भनेर मैले भनेको छु।’

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दर्ता गरेपछि विशेष महाविधेशन गर्न विधानले बाध्यकारी व्यवस्था गरेको भन्दै उनले विशेष महाधिवेशन फिर्ता नहुने बताए।

बैठकमा आफूले सभापति शेरबहादुर देउवालाई पनि विशेष महाधिवेशनमा सहभागी भएर अपनत्व लिन आग्रह गरेको बताए।

थापाले विशेष महाधिवेशन कांग्रेसमा विग्रह ल्याउन होइन जनतासँग जोड्नलाई गर्न लागिएका दाबी गरे।

प्रकाशित: २४ पुष २०८२ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast