टाइगर कपमा न्यू डायमण्डको दोस्रो जित

हिमाल प्रेस ११ माघ २०८२ ११:१०
12
SHARES
टाइगर कपमा न्यू डायमण्डको दोस्रो जित

पोखरा- पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा न्यू डायमण्ड स्पाेर्ट क्लबले दोस्रो जित दर्ता गरेको छ।

आइतबार बिहान विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३-० को सोझो सेटको जित दर्ता गरेको हो।

न्यू डायमण्डले पहिलो सेट २५-१७, दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको हो। खेलमा प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन्।

न्यू डायमण्डको यो लगातार दोस्रो जित हो। उद्घाटनमा उसले विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।

आइतबार नै महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्याण्ड क्विन्सबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ एपीएफ र पर्वत भलिबल संघ तथा पुलिस र आर्मीबीच आमनेसामने हुने आयोजकले जनायो।

माघ १७ गतेसम्म संचालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले भाग लिएका छन्। २ विदेशी टिम छन्।

प्रकाशित: ११ माघ २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast