नेप्से परिसूचक २८.७३ अंकले उकालो लाग्यो

हिमाल प्रेस २१ पुष २०८२ १६:११
10
SHARES
नेप्से परिसूचक २८.७३ अंकले उकालो लाग्यो सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २८.७३ अंकले बढेर २,६३९.३७ अंकमा बन्द भएको छ। कारोबार सुरु भएलगत्तै परिसूचक सकारात्मक क्षेत्रमा प्रवेश गरेको थियो। अन्ततः १.१ प्रतिशतले बढेर बन्द भएको स्टक एक्सचेन्जले जनाएको छ।

एक्सजेन्जका अनुसार सबै समूहका सूचक बढेका छन्। सबैभन्दा ठूलो बढोत्तरी उत्पादन तथा प्रशोधन उपसूचकमा भएको छ।

बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बिमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बिमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढेका हुन्।

सोमबार २१४ कम्पनीहरूको एकाइ मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ र ८ कम्पनीको स्थिर छ। बजारमा खरिद चाप बढ्दा पाँच कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतको सकारात्मक सर्किटमा पुगेको छ।

कुल कारोबार पनि ६.४७ अर्ब रुपैयाँ पुगेको छ। यो मंसिर १४ यता सबैभन्दा उच्च कारोबार हो।  सोमबार ८४ हजार ९९० कारोबारबाट कुल १२ करोड ४५ लाख एकाइहरूको कारोबार भएको छ।  शिवम् सिमेन्टले सबैभन्दा उच्च तीन अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ।

प्रकाशित: २१ पुष २०८२ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast