विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका र भारत जाने

हिमाल प्रेस २९ पुष २०८२ १९:३५ | Tuesday, January 13, 2026
12
SHARES
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका र भारत जाने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट  काउन्सिलको आयोजनामा भारत र श्रीलंकामा संयुक्तरूपमा सञ्चालन हुने आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा गएर अभ्यास गर्ने भएका छन्।

नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्ना साथ श्रीलंका र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालले श्रीलंकामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएनसनको टोलीसँग अभ्यास खेल खेल्नेछ।

नेपाली टोली हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ। नेपाली टोली सुरुमा श्रीलंका र  त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ। नेपाली टोली अर्को साता श्रीलंका जाने क्यानले जनाएको छ। करिब एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई फकिने क्यानले जनाएको छ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

प्रकाशित: २९ पुष २०८२ १९:३५ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast