नेपाल र चीनको युनान युथ महिला टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

हिमाल प्रेस १२ माघ २०८२ १५:५४ | Monday, January 26, 2026
12
SHARES
नेपाल र चीनको युनान युथ महिला टोलीबीच मैत्रीपूर्ण फुटबल हुने सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ अर्थात् माघ १७ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जनाएको हो।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको खेलले नेपाली यू-२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू समेत आयोजना हुने उनले बताए।

खेलका लागि चिनियाँ टोली जनवरी २९ मा नेपाल आइपुग्ने एन्फाले जानकारी दिएको छ।

प्रकाशित: १२ माघ २०८२ १५:५४ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast