सल्यानमा नेकपाले थमायो रमेश मल्ललाई टिकट, चुनावी दौडबाट बाहिरिए प्रकाश ज्वाला

हिमाल प्रेस ५ माघ २०८२ ११:५८ | Monday, January 19, 2026
42
SHARES
सल्यानमा नेकपाले थमायो रमेश मल्ललाई टिकट, चुनावी दौडबाट बाहिरिए प्रकाश ज्वाला

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा रमेश मल्ललाई उठाउने भएको छ। एक मात्र प्रतिनिधिसभाको क्षेत्र रहेको सल्यानमा मल्लले टिकट पाउँदा पूर्वमन्त्री प्रकाश ज्वाला उम्मेदवारको रेसबाट बाहिरिएका छन्।

यसअघि यी दुवै नेता टिकटका दाबेदार थिए। निकट स्रोतका अनुसार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकस्थ भएकै कारण मल्लले टिकट पाएका हुन्। उनी पूर्वमाओवादी नेता एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।

लामो समय प्रचण्डको स्वकीय सचिव भएर काम गरे। यता ज्वाला भने तत्कालीन नेकपा एकीकृत समाजवादीका उपमहासचिव थिए। उनी यसअघि भौतिक पूर्वाधार मन्त्री समेत बने।

ज्वालाले २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। ‘हामीले जिल्लाकाबारे सल्लाह गरेको थियौँ। यसपल्ट मैले छाडे।’ ज्वालाले हिमाल प्रेससँग भने।

प्रकाशित: ५ माघ २०८२ ११:५८ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast