धर्मशिला चापागाई।
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा–२ धर्मशिला चापागाईँले टिकट पाएकी छन्।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रीय सदस्य रहेकी चापागाईँलाई नेकपाले टिकट दिएको हो।
संविधानसभा सदस्य चापागाईँ पूर्वराज्यमन्त्रीसमेत हुन्। द्वन्द्वकालमा पति गुमाएकी चापागाईँ पुरानो कम्युनिस्ट नेत्रृमा पर्छिन्।
झापा २ मा २०७९ सालमा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी भएका थिए।
प्रकाशित: ४ माघ २०८२ १९:१४
प्रतिक्रिया



