नेशनल लाईफले ८३ एमडिआरटी अभिकर्तालाई गर्‍यो सम्मान

हिमाल प्रेस ५ माघ २०८२ ११:१३
नेशनल लाईफले ८३ एमडिआरटी अभिकर्तालाई गर्‍यो सम्मान

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका सफल अभिकर्ताहरूलाई सम्मान तथा व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

धुलिखेलस्थित दुसीत थानी हिमालयन रिसोर्टमा सम्पन्न कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्व रहेको थियो।

अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी-२०२६ का लागि तोकेको बीमाशुल्क संकलन लक्ष्य पूरा गर्ने अभिकर्ताहरुमध्ये नेपालभरबाट टिओटीमा २ जना, सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी कुल ८३ जना अभिकर्तालाई भव्य समारोहका बीच सम्मान गरिएको थियो।

कार्यक्रमको शुभारम्भ अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरेकी थिइन्। सो अवसरमा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम राजाले जीवन बीमा व्यवसायमा निरन्तर सफलता हासिल गर्ने उपाय, व्यवसायिक दक्षता अभिवृद्धि तथा एमडिआरटी लक्ष्य प्राप्तिका विषयमा विभिन्न उदाहरणसहित तालिम प्रदान गरेका थिए।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ता समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्तालाई केन्द्रमा राखी केही नयाँ अभ्यासहरु सुरु गरिएको जानकारी दिए। उनले एमडिआरटी–२०२६ का लागि बीमाशुल्क संकलन गरी एमडिआरटी, सिओटी र टिओटीको लक्ष्य हासिल गर्न सफल सबै अभिकर्तालाई विशेष सम्मान गरे।

त्यसैगरी कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको ‘चेज योर एमडिआरटी’ मासिक योजनामा सफल अभिकर्ताहरूलाई तोकिएको प्रोत्साहन प्रदान गरिएको थियो। सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तीनकुने शाखालाई समेत सम्मान गरिएको छ।

कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले स्वागत मन्तव्य व्यक्त की थिइन् भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरे।

मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम तथा उच्चस्तरीय सम्मान कार्यक्रम समावेश गरिएको समारोहमा सम्मानित बिजनेस लिडरहरूले आफूहरुले गरेको मेहनतको कदर भएको र यस्तो सम्मान पाउँदा अत्यन्तै गर्व महसुस भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: ५ माघ २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast