मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त

हिमाल प्रेस २८ पुष २०८२ १७:०२ | Monday, January 12, 2026
46
SHARES
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त

जनकपुरधाम- मधेश प्रदेश सरकारले मन्त्री जंगीलाल रायलाई सरकारको प्रवक्ता तोकेको छ।

सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री रायलाई सरकारको प्रवक्ता तोकेको हो।

त्यस्तै बैठकले प्रदेशमा देखिएका राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक–सामाजिक समस्या अध्ययन र समाधानका लागि तीनवटा उच्चस्तरीय समिति गठन गरेको छ।

राजनीति तथा प्रशासनसम्बन्ध िसमस्या अध्ययन गर्न गठन भएको समिति संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेललाई जिम्मेवारी दिइएको छ। समितिका सदस्यमा खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहा र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल रहेका छन्।

त्यस्तै कानुन, न्याय तथा मामिला समितिको संयोजक श्रम तथा यातायातमन्त्री मनिष सुमनलाई जिम्मेवारी दिइएको छ। समितिमा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी सदस्य रहेका छन्।

आर्थिक तथा सामाजिक समितिको संयोजकको जिम्मेवारी अर्थमन्त्री महेश यादवलाई दिइएको छ। समितिका सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ता र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा रहेका छन्।

प्रकाशित: २८ पुष २०८२ १७:०२ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast