चुनाव लड्ने वा नलड्ने निर्णय गरेको छैन : मन्त्री खरेल

हिमाल प्रेस ४ माघ २०८२ १६:२२ | Sunday, January 18, 2026
30
SHARES
चुनाव लड्ने वा नलड्ने निर्णय गरेको छैन : मन्त्री खरेल

काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले अहिलेसम्म चुनाव लड्ने वा नलड्ने कुनै निर्णय नगरेको बताएका छन्।

आइतबार सिंहदरबारमा मन्त्रपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खरेलले आजका दिनसम्म आफूले चुनाव लड्ने वा नलड्ने भन्ने कुनै निर्णय नगरेको बताएका हुन्। आफूले चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा सार्वजनिकरूपमा समेत कहिँकतै नबोलेको उनको भनाइ छ।

त्यस्तै माघ २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खरेलले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको जानकारी दिए। बैठकले उच्च अदालतका पूर्वच्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग,२०८२ गठन गर्ने निर्णय गरेको उनले बताए।

त्यसै गरी बैठकले नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रकाशित: ४ माघ २०८२ १६:२२ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast