बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलको जुरी सदस्य बने मीनबहादुर भाम

हिमाल प्रेस १५ माघ २०८२ १३:०१
14
SHARES
बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलको जुरी सदस्य बने मीनबहादुर भाम

काठमाडौँ- नेपालका फिल्म निर्देशक मीनबहादुर भाम बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलको जुरी सदस्य बनेका छन्। उनी बर्लिन फिल्म फेस्टिभलको आगामी संस्करणका लागि भाम अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ जुरी सदस्य बनेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा खुसी व्यक्त गर्दै  उनले  बर्लिनाले फिल्म फेस्टिभलको जुरी सदस्य बनेको बताएका हुन्। दक्षिण एसियाबाट यसअघि सन २०११ मा आमिर खानले मात्रै यो अवसर पाएका थिए। जुन भामले पनि स्टाटसमा खुलाएका छन्।

भामले ७६ औं बर्लिनाले फेस्टिभलको जुरी सदस्य बन्नु आफ्नो करिअरकै ठूलो उपलब्धि रहेको बताएका छन्। साथै आफूले गर्व महसुस गरिरहेको भनेका छन्।

 ‘७६ औँ बर्लिनालेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सदस्यका रूपमा सेवा गर्न पाउँदा म निकै गौरवान्वित र भावुक छु,’ उनले लेखेका छन्,  ‘विम वेन्डर्स जस्ता दिग्गज व्यक्तित्व, जसको काम हामीमध्ये धेरैको लागि मार्गदर्शक प्रकाश भएको छ। उहाँकाे साथमा उभिनु मेरो सपनाभन्दा बाहिरको सम्मान हो।’

यसअघि उनले आगामी फागुन २१ को आमनिर्वाचनमा उम्मेदवार बन्ने सोचेका थिए। बर्लिन फेस्टिभलको इमेल आएपछि आफूले राजनीतिलाई केही समय धकेलेर जुरी सदस्य रोजेको खुलाएका छन्।

पछिल्लो समय भामले फिल्म ‘शाम्बाला’ निर्देशन गरेका थिए। फिल्मले विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलकाे यात्रा गरेकाे थियाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast