काठमाडौँ- आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डले घरेलु टोलीसामु जितका लागि १ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।
नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्। ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनिषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्। रुविना क्षेत्रीले ३ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन दिइन्। रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे।
मनिषा उपाध्यायले पहिलो ओभरमा नै २ विकेट लिदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छिन्। मनिषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्। स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।



