टाइगर कपमा माल्दिभ्स र थाइल्याण्डको टिम पनि

हिमाल प्रेस ८ माघ २०८२ २०:४२ | Thursday, January 22, 2026
10
SHARES
टाइगर कपमा माल्दिभ्स र थाइल्याण्डको टिम पनि

पोखरा– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ।

पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले भाग लिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार पुरुषतर्फ विदेशी टिम माल्दिभ्स भलिबल एशोसिएसनसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ विदेशी थाइल्याण्ड क्वीन्ससहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड युथ स्पोट्र्सले भाग लिएका छन्।

शुक्रबार पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा पुरुषतर्फ आर्मी र माल्दिभ्स भलिबल आमनेसामने हुनेछन्। उद्घाटन खेल घरेलु गण्डकी प्रदेश र एपीएफबीच हुनेछ।

पुरुष र महिला दुवैतर्फ विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रोलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ।
सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ८ माघ २०८२ २०:४२ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast