कास्की २ मा कांग्रेसका माधव बास्ताेलाले दिए उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १४:५८ | Tuesday, January 20, 2026
104
SHARES
कास्की २ मा कांग्रेसका माधव बास्ताेलाले दिए उम्मेदवारी

पाेखरा- कास्की-२ मा नेपाली कांग्रेसबाट माधवप्रसाद बास्ताेला मधुले मनाेनयन दर्ता गरेका छन्। ६० वर्षीय नेता मधु कांग्रेसका पुराना नेता हुन्। पाेखरा-११ का पूर्व वडाध्यक्ष उनी कांग्रेस कास्की २ का पूर्व क्षेत्रीय सभापति समेत हुन्।

हाल कांग्रेस गण्डकीका प्रवक्ता उनी शिवशक्ति क्याम्पसका पूर्व अध्यक्ष भई शिक्षा, समाजसेवा समेतमा निकै सक्रिय भई काम गरेका व्यक्ति हुन्। मनाेनयन दर्ताका क्रममा सबैभन्दा ठूलाे तामझाम कांग्रेसकाे थियाे। झण्डासहित नाराबाजी गर्दै उनीहरू मतदान अधिकृतकाे कार्यालय पुगेका थिए।

मनाेनयनसँगै उम्मेदवार बास्ताेलाले कांग्रेसकाे जित सुनिश्चित भएको दाबी गरे। देशकाे समृद्धि र विकाससँगै मुलुकलाई सही निकास दिन उम्मेदवार दिएकाे बताए।

कास्की १ मा तिलक रानाभाट र कास्की ३ मा एउटै समयमा मनाेज गुरूङले मनाेनयन दिएका छन्।

प्रकाशित: ६ माघ २०८२ १४:५८ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast