राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर लिङ्देनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्तापछि लिङ्देनले यस क्षेत्रबाट एक सांसद मात्रै नभई मुलुकको वैचारिक धारको नेतृत्व गर्ने अवसर जनताले दिने विश्वास व्यक्त गरे। उनले अहिले विभिन्न अग्निपरिक्षा र जनताको नजरमा खरो सावित भएको भन्दै आममतदाताले साझा उम्मेदवारको रूपमा विजयी गराउने बताए।
लिङ्देन अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
प्रकाशित: ६ माघ २०८२ १६:१२
प्रतिक्रिया



