ललितपुर-२ मा प्रलोपाबाट कृष्ण महर्जनको उम्मेदवारी दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १४:०१
48
SHARES
ललितपुर-२ मा प्रलोपाबाट कृष्ण महर्जनको उम्मेदवारी दर्ता

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता कृष्ण महर्जनले ललितपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उनले  उम्मेदवारी दर्ता गराएका हुन्।

समाजसेवा र अपांगता अधिकार क्षेत्रमा सक्रिय रहँदै आएका महर्जन सूचना प्रविधि (आईटी) क्षेत्रमा पनि संलग्न छन्। कम्प्युटर इन्जिनियर महर्जन लामो समयदेखि राजनीतिमा क्रियाशील रहेका छन्।

उनी सामाजिक समावेशीकरण, प्रविधिमैत्री नीति र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् र पार्टीभित्र एक सक्रिय तथा संगठित नेताका रूपमा परिचित छन्।

प्रलोपा नेताहरूका अनुसार ललितपुर क्षेत्र नम्बर-२ मा संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्न महर्जनको उम्मेदवारी प्रभावकारी हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast