काठमाडौँ- उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो।
सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा थियो भने आइतबार ४ डिग्री सेल्सियस थियो।
सोमबार काठमाडौँमाको अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो भने आइतबार १५.७ डिग्री सेल्सियस थियो।
प्रकाशित: २२ पुष २०८२ ६:२२
प्रतिक्रिया



