काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ।
क्षेत्र नंं १ को कार्यालय काठमाडौँ महानगरपालिका-३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ।
क्षेत्र नं २ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका-५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।
क्षेत्र नं ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ।
क्षेत्र नं ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका-२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ। क्षेत्र नं ५ को कार्यालय टोखा नगरपालिका-५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ।
क्षेत्र नं ६ कार्यालय तारकेश्वर नगरपालिका-६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ। क्षेत्र नं ७ को कार्यालय काठमाडौँ महानगरपालिका-१६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र (जुडो हल)मा स्थापना गरिएको छ।
क्षेत्र नं ८ को कार्यालय नागार्जुन नगरपालिका-५ स्थित नगरपालिका भवनमा गरिएको छ।
क्षेत्र नं ९ को कार्यालय चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ। क्षेत्र नं १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं २ बाघ भैरवस्थित वडा नं २ को कार्यालयमा स्थापना गरिएको छ।
काठमाडौँका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ।
उम्मेदवारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय काठमाडौँले जनाएको छ।
उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि बेलुकी ५ बजेसम्म काठमाडौँका १० वटासँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।
बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ।



