नेकपा एकीकरण भई नसक्दै विशृंखलता तिर जाने खतराबाट बचाउन गाह्रो भयो : झलनाथ खनाल

हिमाल प्रेस १२ माघ २०८२ ८:२६ | Monday, January 26, 2026
58
SHARES
नेकपा एकीकरण भई नसक्दै विशृंखलता तिर जाने खतराबाट बचाउन गाह्रो भयो : झलनाथ खनाल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र एकाध व्यक्तिको दबदबाले पार्टी विशृंखलातिर जान लागेको चिन्ता व्यक्त गरेका छन्। उनले नेकपा नेता हरिबोल गजुरेलमाथिको कारबाहीबारे उल्लेख गर्दै ठूलाठूला निर्णय गर्दा संस्थागत दायित्व बिर्सिएको बताएका छन्। यसअघि नेकपाले सिन्धुली २ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठाएको आरोपमा गजुरेललाई कारबाही गरेको थियो।

खनालले नेकपाभित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठूलठूला निर्णयहरू गर्न थालिनु गलत भएको बताएका छन्। उनले विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएको बताएका छन्।

प्रकाशित: १२ माघ २०८२ ८:२६ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast