इनफिनिक्सले नेपालमा ल्यायो एक्सपीएडी ट्वान्टी प्राे

हिमाल प्रेस ५ माघ २०८२ १४:०७
इनफिनिक्सले नेपालमा ल्यायो एक्सपीएडी ट्वान्टी प्राे

काठमाडौँ- नेपाल इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट XPAD 20 Pro आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन, राम्रो प्रदर्शन र स्मार्ट फिचरको संयोजनसहित यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त बनाइएको छ।

XPAD 20 Pro मा १२ इन्चको 2K डिस्प्ले र ९०Hz रिफ्रेस रेट रहेको छ जसले भिडियो हेर्दा, पढ्दा वा गेम खेल्दा स्क्रिन निकै स्मूथ र क्लियर देखिन्छ। TÜV Rheinland Eye Care सर्टिफिकेसन भएकाले लामो समय प्रयोग गर्दा पनि आँखालाई थकाइ हुँदैन। त्यसैले विद्यार्थी, अफिस जानेहरू र परिवार सबैका लागि उपयोगी छ।

यस ट्याब्लेटमा Helio G100 Ultimate प्रोसेसर जडान गरिएको छ जसले एकैचोटि धेरै काम गर्न, गेम खेल्न र दैनिक प्रयोगमा राम्रो परफर्मेन्स दिन्छ। इनबिल्ट 4G सपोर्ट भएकाले Wi-Fi नभए पनि जहाँसुकै इन्टरनेट चलाउन सकिन्छ।

XPAD 20 Pro मा Infinix AI पनि दिइएको छ। यसले लेख्न सहयोग गर्ने, अनुवाद गर्ने, लामो सामग्री छोट्याएर देखाउने र स्क्रिनमा देखिएको कुरा चिन्ने जस्ता स्मार्ट कामहरू सजिलै गर्न मद्दत गर्छ।

मनोरञ्जनका लागि यस ट्याब्लेटमा ४-स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ, जसले चलचित्र, गेम र संगीतका लागि वास्तविक ३६०-डिग्री साउन्ड अनुभव प्रदान गर्छ। साथै, ६.५८mm अल्ट्रा-स्लिम मेटल युनिबडी डिजाइनले प्रिमियम लुक र हातमा मजबुत अनुभूति दिन्छ।

यो ट्याब्लेटले Multi-Device Collaboration पनि सपोर्ट गर्छ जसबाट मोबाइल र ट्याब्लेटबीच फाइल सेयर गर्न, स्क्रिन कास्ट गर्न र कामलाई अझ सजिलो बनाउन सकिन्छ।

मूल्य र उपलब्धता
Infinix XPAD 20 Pro नेपालमा दुई भेरियन्टमा उपलब्ध छ:
• 4GB RAM + 128GB स्टोरेज – रु. 26,999
• 8GB RAM + 256GB स्टोरेज – रु. 31,999
यो ट्याब्लेट देशभरका अधिकृत इनफिनिक्स स्टोरहरूमा पाइनेछ।
XPAD 20 Pro मार्फत इनफिनिक्सले ठुलो स्क्रिन, स्मार्ट AI फिचर, प्रिमियम डिजाइन र उचित मूल्यलाई एउटै ट्याब्लेटमा ल्याएको छ, जसले शक्तिशाली तर बहुउपयोगी ट्याब्लेट खोज्ने प्रयोगकर्तालाई आकर्षित गर्नेछ।

प्रकाशित: ५ माघ २०८२ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast