भारतले निर्वाचनका लागि नेपाललाई पहिलो चरणमा दियो ६० गाडी

हिमाल प्रेस ६ माघ २०८२ १७:२४ | Tuesday, January 20, 2026
38
SHARES
भारतले निर्वाचनका लागि नेपाललाई पहिलो चरणमा दियो ६० गाडी

काठमाडौँ- निर्वाचनका लागि भारतले नेपाललाई पहिलो चरणमा ६० भन्दा बढी गाडी हस्तान्तरण गरेको छ।

गृह मन्त्रालयमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई सवारीसधान र अन्य निर्वाचन सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

नेपाल सरकारले निर्वाचनका लागि गरेको अनुरोध बमोजिम भारतले यी सवारीसाधनहरू सहयोग स्वरूप उपलब्ध गराएको दूतावासको भनाइ छ।

सो अवसरमा गृहमन्त्री अर्यालले सवारीसाधन तथा अन्य सामग्रीहरूका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गरे।

भारतले सन् २००८ देखि नै निर्वाचनका लागि निरन्तर सहयोग गर्दै आएको छ। दूतावासका अनुसार भारतले नेपालका विभिन्न मन्त्रालय, विभाग र निर्वाचन आयोगलाई गरी करिब दुई हजार ४०० वटा सवारीसाधन उपहार दिइसकेको छ।

यस पटकको निर्वाचनका लागि भारतले कुल ६५० वटा सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। बाँकी सवारीसाधनहरू आगामी केही हप्ताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने दूतावासले जनाएको छ।

प्रकाशित: ६ माघ २०८२ १७:२४ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast