आगलागीका घटनामा वृद्धि

हिमाल प्रेस २५ पुष २०८२ ६:१९
8
SHARES
आगलागीका घटनामा वृद्धि

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे।

त्यसमध्ये १५ वटा आगलागीका घटना भए। विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो। विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति भयो।

प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही, रौतहटका दुई स्थानमा आगलागी भएको छ। बारा, कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरामा आगलागी हुँदा सोलुखुम्बु, ओखलढुंगा, म्यादी, रुकुमपूर्व, कालीकोटमा वनमा डडेढो लाग्यो। उदयपुर, रौतहट, सुर्खेत र डोटीमा जनावरको आक्रमणमा घटना घटे।

त्यसैगरी, पुस २२ गते बिहानदेखि २३ गतेसम्म देशभर १९ वटा विपद्मा घटना घटे। त्यसमध्ये १७ वटा आगलागीका घटना घटे। पुस २१ गते बिहानदेखि २२ गते बिहानसम्म देशभर कुल २४ वटा विपद्का घटना घटे। त्यसमा १८ वटा आगलागीमा घटना भएका छन्।

हिउँदयाममा विभिन्न कारणले आगलागीका घटनामा वृद्धि भएको छ। सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ।

विद्युत् सर्ट भएको, परालमा कुन्यूमा असावधानीवश आगो लागेको तथा गोठमा सामान्य सावधानी नअपनाइकन आगो बाल्दा क्षति भएको छ। सावधानी अपनाउन, आगो बालेपछि निभाउन तथा ज्वलनशील पदार्थ जथाभावी नराख्न प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित: २५ पुष २०८२ ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast