पाँच वर्षभित्र सर्लाही-४ लाई मधेशकै नमुना बनाउँछु : कांग्रेस सभापति थापा

हिमाल प्रेस १६ माघ २०८२ ६:०८ | Friday, January 30, 2026
22
SHARES
पाँच वर्षभित्र सर्लाही-४ लाई मधेशकै नमुना बनाउँछु : कांग्रेस सभापति थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेश प्रदेशकै नमुना बनाउने बताएका छन्।

सर्लाहीको बरहथवा नगरपालिका-७ मा बजार विकाससम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सभापति थापाले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेश प्रदेशकै नमुना बनाएर देखाउने प्रतिबद्धता व्यक्त गरे।

मधेशबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभइ चाहना भएको उनको भनाइ थियो। पहाड र सहर बुझेको आफूले तराई बुझ्नु अति आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले मधेस पढ्न आएको बताए।

सभपति थापाले सोमबारदेखि आफूले उम्मेदवारी दिएको सर्लाही-४, मा घरदैलो कार्यक्रम गरिरहेका छन्।

देश विकास आजको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि चाहिने स्रोत र जनशक्ति नेपालमा रहेकाले अब दृढ इच्छा शक्ति भएको कांग्रेस नेतृत्वमा रहन आवश्यक भएको बताए।

जेनजी आन्दोलनको जनादेशअनुसार पार्टीभित्रैबाट संघर्ष गरेर पार्टीको नेतृत्व तयार भएको उनको भनाइ थियो।

पार्टीमा जेनजीको योगदान पुरानो रहेको उल्लेख गर्दै सभापति थापाले सहिद दुर्गानन्द झाको योगदानबारे चर्चा गरे।

‘झाले १८/१९ वर्षको उमेरमा देश र पार्टीका लागि गरेको योगदान अमूल्य छ। गत भदौ २३ र २४ गतेको घटना नागरिकको कुरा नसुन्ने र देशमा व्याप्त भ्रष्टाचार तथा बेथिति विरुद्धको आन्दोलन थियो’, सभापति थापाले भने।

प्रकाशित: १६ माघ २०८२ ६:०८ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast