ललितपुर २ बाट उम्मेदवारी दिन्छु : जगदीश खरेल

हिमाल प्रेस ५ माघ २०८२ १९:४३ | Monday, January 19, 2026
32
SHARES
ललितपुर २ बाट उम्मेदवारी दिन्छु : जगदीश खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिएका जगदीश खरेलले आफू ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका छन्।

सोमबार पदबाट राजीनामा दिएपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खरेलले राजनीतिमा होमिनका लागि आफूले राजीनामा दिएको भन्दै अब ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका हुन्।

पार्टीका बारेमा भने पछि मात्रै जानकारी दिने उनले बताए। उनले आफू मन्त्री पदमा रहँदा जेनजी म्याण्डेटअनुसार नै काम गरेको उल्लेख गरे।

सरकारको म्याण्डेटअनुसार तोकिएको समयमै निर्वाचन हुने दिशामा मुलुक अघि बढेको भन्दै उनले निर्वाचनका लागि सबै वातावरण बनिसकेको धारणा राखे।

उनले आफ्नो कार्यकालमा ४० भन्दा बढी महत्त्वपूर्ण काम भएको दाबी गरे।

प्रकाशित: ५ माघ २०८२ १९:४३ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast