शिक्षण अस्पतालमा कस्तो छ रविलाई?

हिमाल प्रेस १४ माघ २०८२ ११:१४ | Wednesday, January 28, 2026
शिक्षण अस्पतालमा कस्तो छ रविलाई?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत रहेका छन्।

माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। औषधी सेवन गर्दा पनि सन्चो नभएपछि संक्रमण भई ‘सेलुलाइटिस’ देखिएको अस्पतालले जनाएको छ।

शिक्षण अस्पतालका अनुसार लामिछाने माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत भर्ना भई नशाबाट आईभी एन्टिबायोटिक्समार्फत उपचार भइरहेको छ।

अस्पतालका प्रवक्ता डा.गोपाल सेडाईले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख गरिएको छ।

अस्पतालले सामाजिक सञ्जालमा फैलिएका केही फोटोहरू शिक्षण अस्पतालका नभएको स्पष्ट गर्दै भ्रममा नपर्न आग्रह गरेको छ।

 

प्रकाशित: १४ माघ २०८२ ११:१४ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast