अरनिको दिवसमा हिमालप्रेसकर्मी परियार सम्मानित

हिमाल प्रेस २३ पुष २०८२ १७:५३
96
SHARES
अरनिको दिवसमा हिमालप्रेसकर्मी परियार सम्मानित

बुटवल- नेपाल व्यावसायिक कलाकार संघ रुपन्देहीले राष्ट्रिय विभूति अरनिको स्मृति दिवसको अवसर पारेर कलाकार र पत्रकारलाई सम्मान गरेको छ।

बुधबार रुपन्देही शाखाले संघ स्थापनाको ३१ औं दिवस तथा अरनीको स्मृति दिवसमा कला क्षेत्रको विकासमा पत्रकारिता र लामो समयदेखि कला क्षेत्रमा रहेका कलाकारहरूलाई सम्मान गरेको हो। संघले हिमालप्रेसकर्मी पत्रकार विनोद परियारलाई सम्मान गरेको छ।

विगत दुई दशकदेखि बुटवल क्षेत्रमा क्रियाशील पत्रकार परियारलाई बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले सम्मानपत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

परियारले विशेष गरी चित्र, मूर्ति तथा विभिन्न आर्ट गर्ने कलाकारहरूको विषयमा सञ्चारमाध्यममार्फत् योगदान गरेको भन्दै सम्मान गरिएको संघ रुपन्देहीका अध्यक्ष दिलिप रसालीले बताए।

साथै सोही अवसरमा २०३२ सालदेखि कलाक्षेत्रमा लागेका मन गोल्डी र टिकाराम बलामी मगरलाई पनि नगद सहित सम्मान गरिएको थियो। बुटवल हिलपार्कमा निर्माण गरिएको राष्ट्रिय विभूति अरनिकोको तस्बिरमा समेत माल्यार्पण गरिएको थियो। कलाकारहरूले बुधबार नै क्याभासमा बुटवल कार्यशाला गरी बुटवलका विभिन्न गौरवहरु समेटिएका चित्रहरु कोरेको सचिव फिलिप रोक्काले जानकारी दिए।

प्रकाशित: २३ पुष २०८२ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast