गैरहाजिर १७ प्रहरीलाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण, नआए जागिरबाट निकाल्ने चेतावनी

हिमाल प्रेस ११ माघ २०८२ ८:५८ | Sunday, January 25, 2026
22
SHARES
गैरहाजिर १७ प्रहरीलाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण, नआए जागिरबाट निकाल्ने चेतावनी

काठमाडौँ- नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर भएको भन्दै प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

आज एक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन आग्रह गरेको हो । उनीहरूको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार,११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।

प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिन भित्र आफू गैरहाजिर हुनुको कार खुलाएर सन्तोषजनक स्पष्टीकरण जबाफसहित उपस्थित नभए नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।

प्रकाशित: ११ माघ २०८२ ८:५८ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast