काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। बिहीबार प्रतितोला दुई हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ६५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार तोलामा चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँ घटेको हो।
प्रकाशित: २५ पुष २०८२ १२:२०
प्रतिक्रिया



