सुनको मूल्य ३ लाख ९ हजार पुग्यो

हिमाल प्रेस १२ माघ २०८२ ११:१०
12
SHARES
सुनको मूल्य ३ लाख ९ हजार पुग्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।

महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको हो। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो। आज कायम मूल्य हालसम्मकै उच्च हो

आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।

प्रकाशित: १२ माघ २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast