सुनको भाउ ३ लाख ४० नजिक

हिमाल प्रेस १५ माघ २०८२ ११:११
18
SHARES
सुनको भाउ ३ लाख ४० नजिक

काठमाडौँ-  सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ।

बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य  तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल  छ हजार ८७० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित: १५ माघ २०८२ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast